Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

सिड्नीमा सम्पन्न आध्यात्मिक महोत्सव ‘थ्याङ्क्सगिभिङ’ कार्यक्रम : दाताहरूलाई सम्मानसहित आभार

Zenith Migration Education

सिड्नी — ओबर्नस्थित ग्राण्ड प्यालेस फंक्सन सेन्टरमा आइतबार भव्य रूपमा सिड्नी आध्यात्मिक महोत्सव अन्तर्गत थ्याङ्क्सगिभिङ कार्यक्रम सम्पन्न भएको छ। दाताहरू, प्रायोजक, स्वयंसेवी, नेपाली सामुदायिक संघ-संस्था तथा समुदायका अगुवाहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न यो कार्यक्रमले सिड्नीमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रलाई सामुदायिक सहभागितामार्फत अघि बढाउने अभियानमा थप गति दिएको छ।

आयोजक ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) का अनुसार, महोत्सवमार्फत डोनेसन, स्पोनसरसिप, स्वयमसेबी कलाकार तथा मिडीयाकर्मी का रुपमा सहयोग गर्ने महानुभाव हरु लाई मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रम को संचालन अनुशासित, प्रभावकारी र मनोहर प्रस्तुतीकरणसहित महिला अभियन्ता प्रतिज्ञा अधिकारी र महा सचिव डा. प्रकाश पौडेल ले मुख्य योगदान पुर्याएका थिए । 

कार्यक्रमका प्रमुख अतिथी नेपालका लागि अष्ट्रेलियास्थित राजदूत चित्रलेखा यादवले सिड्नीमा निर्माण भइरहेको बहुसांस्कृतिक केन्द्रलाई “समुदायको इतिहासमा लेखिने ऐतिहासिक कार्य” भन्दै प्रशंसा गरिन्। उनका अनुसार सिड्नीस्थित नेपाली समुदायले देखाएको एकता, सहभागिता र सामूहिक दृष्टि प्रेरणादायी छ।

कार्यक्रममा पूर्व महावाणिज्यदूत दीपक खड्का, NSW वाणिज्यदूत सञ्जीव शर्मा, NRNA का पूर्व अध्यक्ष अनिल पोखरेल, NRNA NSW राज्य संयोजक उषा बारिया पोखरेल, NRNA क्षेत्रीय समयोजक दिनेश पोखरेल, सामाजिक संघ संस्था का प्रतिनिधि, दाता, लगायतका प्रतिष्ठित व्यक्तित्वहरूले सहभागिता जनाए।

GSNMC का अध्यक्ष बिष्णु हमाल नेतृत्वको टिमले बहुसांस्कृतिक केन्द्रलाई नेपाली समुदायको साझा चौतारी, सांस्कृतिक धरोहर तथा आगामी पुस्ताका लागि आवश्यक संरचना भएको उल्लेख गर्दै सबै सामाजिक संघ-संस्थाहरुले अपनत्व लिएर सक्रिय भूमिकासहित अभियानमा जोडिन आग्रह गरे। “हामीले नगरे कस्ले गर्ने? अहिले नगरे कहिले गर्ने?” भन्दै यो अभियान लाई सफल बनाऊन हामी सबैको जिम्मेबारी भएको निबेदन गरे !

आयोजकहरूका अनुसार दाताहरूको उदारता, समुदायको सक्रियता र विशिष्ट अतिथिहरूको उपस्थितिले बहुसांस्कृतिक केन्द्र निर्माण अभियान अझ गतिशील बनेको छ। सिड्नीको नेपाली समुदायले देखाएको एकता, प्रेम र सहकार्य भविष्यका सामुदायिक परियोजनाहरूका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु