Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

६९ लाख ८५ हजार नगद तथा गहनासहित एक चिनियाँ र नेपाली युवती पक्राउ

Zenith Migration Education

काठमाडौंकोनागार्जुन नगरपालिका २ सानो भर्याङबाट अबैध रकम र सुनसहित एक चिनियाँ युवक र एक नेपाली युवती पक्राउ परेका छन् ।

मंगलबार राति साढे ११ बजेतिर नागार्जुन नगरपालिका २ सानो भर्याङमा रहेको सरिता महर्जनको घरको भाडा लिएर बस्ने चिनियाँ नागरिक ३८ वर्षीय जाइओ गाङ र धादिङ निलकन्ठ नगरपालिका २ की २२ वर्षीया रोजिना सुनारलाई पक्राउ गरेको हो।

महर्जनकाे घरको दोस्रो तलामा बस्ने उनीहरूकाे काेठामा खानतलासी गर्दा सुटकेस र सोफामूनि लुकाई राखेको अवस्थामा ६९ लाख ८५ हजार नेपाली रूपैयाँसहित र सुन जस्ताे पहेँलाे धातुका बिभिन्न गहना फेला पारेको हाे । उनीहरू दुवैलाई प्रहरी वृत स्वयम्भुकाे नियन्त्रणमा राखेर अनुसन्धान भइरहेकाे छ ।

उनीहरूकाे काेठाबाट ६९ लाख ८५ हजार रुपैयाँ, सुन जस्तो देखिने पहेलो धातुको नेकलेस २ थान, झुम्का २, बिभिन्न साईजका बाला ४, बिभिन्न साईजको औठी ३, नथी १, शीरबन्दी १, आईफोन ४, म्याकबुक १, मोबाईल १, बा.प्र. ०१ -०३१ प ५२६२ नम्बरको बीवाइडी गाडी १ थान बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

सोही घरमा बस्ने अन्य चार महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएकाे प्रहरी वृत्त स्वयम्भूले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु