Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

Zenith Migration Education

काठमाडौं । सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रबार समापन भएको छ । 

भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको छ ।

प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटबल र जुडो जस्ता खेलहरु रहेका थिए भने प्रतियोगितामा आठवटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौंडामा पनि भएको थियो ।

समापन समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुदले शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको बताए ।  

उनले भने, ‘सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुद शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको हुन्छ ।

खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न आठ खेलका विधाहरु समेटी मिति २०८२ भाद्र १७ गतेबाट सुरुवात भएको सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को समापन गर्दैछौ ।’

यस्तै, उनले नेपाली सेनाको दिर्घकालिन सोच २०३० ले लिएको लक्ष्य र खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रधानसेनापतिको निर्देशनलाई मूलमन्त्र मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रधानसेनापति ट्रफी २०८२ को आयोजना गरिएको बताए । 

उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद, नेपाल पौडी संघ, नेपाल बास्केट बल संघ, अखिल नेपाल फुटबल संघ, नेपाल टेक्वान्डो संघ, नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ, नेपाल जुडो महासंघ लगायतलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु