Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन्: मन्त्री सिन्हा 

Zenith Migration Education

काठमाडौं । नवनिर्वाचित कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताए । 

कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था रहेको र केही अन्य तयारीका लागि आवश्यक पर्ने कानुनहरुलाई परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत भएपनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरुलाई परिवर्तन गर्ने उनले जानकारी दिए । 

उनले भने,‘कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको चुनावी सरकार नै हो । चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ । तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने त्यसमा कुनै सम्झौता हुँदैन् । यसमा केही कानुनी विषयहरु छन् । ती कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था छ । केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरुलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत भएपनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरुलाई परिवर्तन गर्नको लागि आएको छु ।’

उनले यसअघि उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु