Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

नक्खु कारागार नजिक आगजनी रोक्न खोजेको हुँ, गलत आरोप लगाइयो : प्रवक्ता झा

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको छानविनका लागि सहयोग गर्ने बताएको छ । 

मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन् । 

उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरुको तस्विर र भिडियोहरु सार्वजनिकरुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए । 

उनले भने, ‘पोखराका केही घटनाहरुमा केही साथीहरुको तस्विर र भिडियोहरु आयो । सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैं दुई जना वडा सभापतिहरुलाई कारवाही गर्यो ।’ 

साथै उनले अरु पार्टी भने कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको बताए । 

‘तस्विर आइसक्यो, भिडियो आइसक्यो, प्रमाणीत भईसक्यो, प्रमाणसहित समाचार आइसक्दा पनि अरु पार्टीले आफ्नो कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको छ । राज्यले जुन अनुसन्धान, छानविन गर्दैछ । त्यसलाई सघाउ पुर्याउन तयार छौं । अभियोगहरुका बारेमा छानविन गर्न आग्रह पनि गर्दछौं,’उनले भने । 

उनले नक्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको पनि बताए । 

उनले आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको बताए ।

उनले आफूमाथि छानबिन गर्न भन्दै भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु