Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सेन्टर मार्टिन कलेजको योगदान महत्त्वपूर्ण : कांग्रेस नेत्री सिंह

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । मंगला देवी सिंह फाउण्डेशनकी अध्यक्ष एवम् नेपाली कांग्रेस नेत्री सिर्जना सिंहले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन सेन्टर मार्टिन कलेज (St Martin College) को योगदान महत्त्वपूर्ण हुने बताएकी छन् ।

सिड्नीको पारामाटा क्षेत्रमा शुक्रबार सेन्टर मार्टिन कलेजको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै कांग्रेस नेत्री सिंहले यस कलेजले उच्च गुणस्तरीय शिक्षा र तालिममार्फत नेपाली मात्र नभइ विश्वभरिका विद्यार्थीहरुलाई अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । प्रमुख अतिथिसमेत रहेकी उनले अष्ट्रेलियामा नेपाली समुदायको सक्रियता र योगदानले सबैलाई गर्व महसुस गरेको पनि बताइन् ।

यसैगरी, कलेका सिइओ रोशन घलेले सबैलाई स्वागत गर्दै कलेजको उद्देश्यबारे जानकारी गराएका थिए । उनले भने, “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई व्यावहारिक तालिम र विश्वस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको करियरलाई नयाँ उचाइमा पुर्‍याउनु हो ।’’

त्यस्तै, निर्देशक नन्द गुरुङ, राम गुरुङ र विष्णु गुरुङले पनि उपस्थित अतिथि, नेपाली समुदाय नेताहरू र सञ्चार माध्यमलाई धन्यवाद दिएका थिए ।

कलेजको आरटीओ (RTO) र सीआरआईसीओएस (CRICOS) कार्यक्रम शुभारम्भसहित सम्पन्न कार्यक्रममा अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सामुदायिक संस्थाका अगुवा, व्यवसायी, सञ्चारकर्मी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले कलेजको सफलताको शुभकामना व्यक्त गर्दै यसले नेपाली समुदायलाई गर्व गर्ने अवसर दिलाउने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु