काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार दुई हजार चार सय २५ रुपैयाँमा कायम भएको थियो ।



