Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

Zenith Migration Education

थियानजिन (चीन) । शाङ्घाई सहयोग सङ्गठन ९एससिओ०को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन् ।

अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ चीन आएका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका थिए ।

शंघाई (चीन), १५ भदौः चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत आइतबार जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकनको क्रममा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु