सिड्नी (अष्ट्रेलिया) । बेसाइड काउन्सिलले अष्ट्रेलियामा रहेका नेपाली मूलका समाजसेवी तथा व्यवसायी महेश ‘म्याक्स’ प्रसाईलाई सम्मान गरेको छ । नेपाली–अष्ट्रेलियन समुदायप्रति उनले पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरूप काउन्सिलले विशेष प्रमाणपत्र प्रदान गरेको हो ।
काउन्सिलले सार्वजनिकरूपमा गरेको कार्यक्रममा मेयर एडवर्ड म्याकडुगल र काउन्सिल सदस्यहरूले प्रसाईलाई सम्मान गरेका थिए । काउन्सिलले जारी गरेको प्रमाणपत्रमा प्रसाईले अन्तर्राष्ट्रिय विद्यार्थी र नयाँ आप्रवासीलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको गैर–नाफामूलक संस्था ‘Vision for Motivation’ मार्फत गरेका योगदान विशेषगरी उल्लेख गरिएको छ ।
यसअघि पनि प्रसाईलाई न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री क्रिस मिन्स र बहुसांस्कृतिक मन्त्रीले सम्मान गरिसकेका छन् । सफल व्यवसायीका साथै उनी लामो समयदेखि बहुसांस्कृतिक समुदायमा सक्रिय समाजसेवी र कलाकारका रूपमा परिचित छन् ।
प्रसाईको सक्रियता र नेतृत्व क्षमताका कारण उनी नेपाली मात्र होइन, सम्पूर्ण बहुसांस्कृतिक समुदायबीच पनि लोकप्रिय बनेका छन् ।



