Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

महिलाका गोप्य फोटो–भिडिओ परिवारलाई पठाएर चरित्रहत्या गर्ने एक भारतीय पक्राउ

Zenith Migration Education

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहार राज्य, बेतिया जिल्ला घर भई हाल सर्लाहीको सुनलपडी बस्दै आएका २० वर्षीय अमरनाथ कुमार रहेका छन्।

ब्युरोका अनुसार आरोपी कुमारले पीडित महिलासँग फेसबुकमा साथि बनी मेसेन्जरमा कुराकानी गरेका थिए। सोही क्रममा उनले पीडितको अश्लील तस्बिर तथा भिडिओ पीडितलाई थाहै नदिई स्क्रिन रेकर्ड गरी राखेका थिए। पछि तिनै तस्बिर र भिडियोलाई फेक फेसबुक अकाउन्टमार्फत पीडितका परिवारका सदस्यहरूलाई पठाई चरित्रहत्या गरेको ब्युरोले जनाएको छ।

पीडितको उजुरीपछि ब्युरोबाट खटिएको टोलीले कुमारलाई ६ असारमा धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोलाबाट पक्राउ गरेको हो।

कुमारलाई जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु