मेलबर्न, चैत १६ – प्रवास नेपाली सम्पर्क विभाग क्षेत्रिय समिति भिक्टोरियाको प्रथम अधिवेशन मेलबर्नको प्रेस्टनस्थित भेटघाट रेस्टुरेन्ट एन्ड बारमा सम्पन्न भएको छ। नव-निर्वाचित समिति गठनसँगै प्रवासी नेपाली समुदायलाई अझ प्रभावकारी रूपमा सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
समारोह कार्यक्रम संयोजक सुमित बज्राचार्यले उद्घाटन सम्बोधनबाट सुरु भएको थियो। प्रमुख अतिथि निराजन थापा (केन्द्रीय उप-प्रमुख) को विशेष उपस्थिति रहेको कार्यक्रममा नेपाल र अष्ट्रेलियाका विभिन्न सम्मानित अतिथिहरू भौतिक तथा भर्चुअल रूपमा सहभागी भए।
कार्यक्रममा निर्वाचन आयुक्त नागेन्द्र अधिकारीले औपचारिक रूपमा नव-निर्वाचित समिति घोषणा गरेका थिए। नवगठित नेतृत्वमा गोपी कुमार थापा (प्रमुख), सरोज कार्की (उप-प्रमुख), रोशन पोखरेल (सचिव), विश्व किरण घिमिरे (कोषाध्यक्ष) रहेका छन्। त्यस्तै, गोविन्द गुरुङ, सन्तोष पौडेल, उज्ज्वल राज थापा मगर, शैलेश खरेल सदस्य पदमा चयन भएका छन्।

नेपालबाट विशेष अतिथि रास्वपा पार्टीका सांसद मनिष झा र सांसद निशा डाँगी भर्चुअल रूपमा जोडिँदै नव-निर्वाचित टोलीलाई शुभकामना व्यक्त गरे। त्यस्तै, केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागका सचिव पदम राज पन्थी, प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाका केन्द्रीय सचिव गणेश पौडेल तथा Epping Wollert Nepalese Community का अध्यक्ष कृष्ण सापकोटाले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा केन्द्रीय सदस्य तथा आईटी संयोजक अमुल रेग्मी, प्रवक्ता विश्वास भट्टराई, ACT क्षेत्रिय प्रमुख सुरेन्द्र पुरी, तथा न्यू साउथ वेल्स राज्य समिति सदस्य प्रयास दिप अधिकारीको उपस्थिति रहेको थियो।
समारोहको समापन भिक्टोरिया क्षेत्रिय प्रमुख गोपी कुमार थापा को मन्तव्यसँगै भएको थियो। नव-निर्वाचित टोलीले प्रवासी नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



