Tuesday, July 21, 2026
Zenith Migration Education
Tuesday, July 21, 2026

अस्ट्रेलियामा ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भोइस युनिभर्स’ सिजन-२ को अडिसन

Zenith Migration Education


सिड्नीमा,इन्ट्रा फाउन्डेसन वेलफेयर सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली डान्स रियालिटी सो ‘मेरो डान्स युनिभर्स सिजन-२’ र गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स सिजन-२’ को अडिसन अस्ट्रेलियामा हुने भएको छ।

यसअन्तर्गत, अडिसन फेब्रुअरी २३, २०२५ मा सिड्नीको ग्रान्डभिलस्थित १२ गुड स्ट्रीट (रातो घर) मा हुनेछ। १८ वर्ष उमेर पूरा गरेका नेपाली प्रतिभावान डान्सर तथा गायकहरू यस अडिसनमा भाग लिन योग्य हुनेछन्।

आयोजकका अनुसार, अडिसनमा भाग लिन चाहने इच्छुक प्रतियोगीहरूले अनलाइन फारम भर्नुपर्नेछ। रजिस्ट्रेसनका लागि तलको लिंकमा क्लिक गरी विवरण भर्न सकिन्छ। साथै, थप जानकारीका लागि ०४२५७६०८४२, ०४५१३५४६७९ र ०४१६८७९२५६ नम्बरमा सम्पर्क गर्न सकिन्छ।

यो रियालिटी शोले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्। अस्ट्रेलियामा हुने अडिसनपछि, चयन भएका प्रतिभाहरू प्रतियोगिताको मुख्य चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु