Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

“द सत्य स्वरूप”शो:पत्रकार सम्मेलन सम्पन्न

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – नेपालका प्रख्यात गायकद्वय सत्य राज आचार्यस्वरूप राज आचार्य आफ्नो सांगीतिक यात्राको सुरुवात सिड्नीमा गर्दैछन्। फ्लेवर्स अफ नेपालको आयोजनामा आउँदो डिसेम्बर ६, २०२४, शुक्रबारको दिन ग्रानभिल टाउन हलमा आयोजना हुने ‘सत्य स्वरूप शो’ सम्बन्धी पत्रकार सम्मेलन बुधबार सम्पन्न भएको छ।द सत्य स्वरूप शो को अष्ट्रेलिया यात्राको  ब्यबस्थापन भने द स्तुपा टेस्ट अफ नेपाल उलंगनका प्रसन्न जंग थापाले गरेका हुन।

फ्लेवर्स अफ नेपालका सञ्चालक राजेश केसीले पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याउँदै भने, “नेपाली संगीतमा सत्य र स्वरूपको योगदान गहिरो छ। अष्ट्रेलियामा नेपाली समुदायलाई उनीहरूको कला प्रस्तुत गर्न पाउनु गर्वको कुरा हो। यो कार्यक्रम सांगीतिक मनोरञ्जनको साथै नेपाली संस्कृति जगेर्ना गर्ने हाम्रो प्रयासको एउटा हिस्सा हो।

गायकद्वय सत्य र स्वरूपका लागि यो अष्ट्रेलियामा तेस्रो सांगीतिक यात्रा हो। गायकद्वयले दुई हप्ते अष्ट्रेलिया भ्रमणपश्चात् दुबई फर्किने योजनाबारे जानकारी दिएका छन्।

कार्यक्रमलाई सफल बनाउन Finconnex Financial प्रमुख प्रायोजकका रूपमा प्रस्तुत भएको छ, जबकि अन्य प्रायोजकहरूमा Moonlight Group, Sapphire Search Agents, र अन्य संस्थाहरू सामेल छन्।

सत्य र स्वरूप नेपालका चर्चित संगीतकार भक्तराज आचार्यका सुपुत्र हुन्। उनीहरूले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्दै लाखौं श्रोताहरूको मन जितेका छन्।

आयोजकहरूले सिड्नीसहित अष्ट्रेलियाका अन्य शहरहरूमा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली संगीतको मिठास अनुभव गर्न आग्रह गरेका छन्।

‘सत्य स्वरूप शो’ ले अष्ट्रेलियाका प्रमुख शहरहरूमा सांगीतिक कार्यक्रम गरेर नेपाली संगीतको सौन्दर्य फैलाउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु