Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

नेपाली राजदूतावास क्यानबेराबाट अत्यन्त जरुरी सूचना: प्रि-एनरोलमेन्ट प्रक्रिया अस्थायी रुपमा बन्द

Zenith Migration Education

क्यानबेरास्थित नेपाली राजदूतावासले हालै एक अत्यन्त जरुरी सूचना जारी गर्दै प्रि-एनरोलमेन्ट अपोइन्टमेन्ट बुकिङ प्रक्रिया अस्थायी रुपमा बन्द गरिएको जानकारी गराएको छ। यो समस्या काठमाण्डौको तथ्याङ्क व्यवस्थापन प्रणाली (Data Management System) मा देखिएको प्राविधिक कारणले उत्पन्न भएको हो।

राजदूतावासले काठमाण्डौस्थित राहदानी विभागसँग निरन्तर सम्पर्क गरी समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ। यसै क्रममा, प्रि-एनरोलमेन्ट अपोइन्टमेन्ट बुकिङ प्रक्रिया पुनः सञ्चालन गर्न प्रयास भइरहेको जानकारीसमेत दिएको छ।

यस प्राविधिक असुविधाका कारण सेवा लिन इच्छुक व्यक्तिहरूलाई पर्न गएको असहजताप्रति राजदूतावासले माफी मागेको छ। साथै, राजदूतावासले सेवा पुनः सञ्चालनसम्बन्धी जानकारी छिट्टै उपलब्ध गराइने बताएको छ।

काठमाण्डौस्थित राहदानी विभागले तथ्याङ्क प्रणालीमा देखिएको समस्या समाधान गरी चाँडै नै सहज बनाउने योजना बनाइरहेको छ। थप सूचना र प्रि-एनरोलमेन्ट प्रक्रिया पुनः सञ्चालनको मिति सम्बन्धी जानकारी राजदूतावासबाट उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु