Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

अष्ट्रेलियाली राजनीतिमा नयाँ पार्टी CVA को पहिचान: उपाध्यक्ष गुरुङको सन्देश

Zenith Migration Education

सिड्नी – अष्ट्रेलियाको राजनीतिक परिदृश्यमा नयाँ शक्तिको रूपमा उदाएको कम्युनिटी भ्वाइस अफ अष्ट्रेलिया (CVA) ले नेपाली समुदायको सशक्त प्रतिनिधित्व गर्ने उद्देश्यले आफ्नो पहिचान स्थापित गर्न थालेको छ। लिभरपुल सिटी काउन्सिलको मेयर/काउन्सिलर चुनावमा CVA का उपाध्यक्ष डेब गुरुङको उम्मेदवारीले पार्टीलाई अष्ट्रेलियाली राजनीतिमा नयाँ उचाइमा पुर्याएको छ। गुरुङले चुनावी अभियानलाई पार्टीको भविष्यका लागि महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै चुनावको परिणामले आफूहरूको यात्रामा थप ऊर्जा प्रदान गरेको बताएका छन्।

गुरुङका अनुसार, पार्टीले अपेक्षित परिणाम हासिल नगरे पनि, यो सुरुवात मात्र हो। “हामीले यो चुनावमा जुन समर्थन र सकारात्मक प्रतिक्रिया पायौं, त्यसले हामीलाई आगामी दिनहरूमा अझ मजबुत भएर अघि बढ्न प्रेरणा दिएको छ,” गुरुङले भने। उनले पार्टीको चुनावी अभियानले नेपाली समुदायमा नयाँ उमंग सिर्जना गरेको बताउँदै, “यो यात्रा केवल प्रारम्भ हो। भविष्यमा हामी अझ सशक्त रूपमा प्रस्तुत हुनेछौं र हाम्रो समुदायको आवाजलाई राजनीतिमा प्रभावकारी ढंगले उठाउनेछौं।”

गुरुङले चुनावी अभियानका क्रममा आफ्ना समर्थकहरू र लिभरपुल क्षेत्रका मतदाताहरूलाई धन्यवाद दिँदै भने, “हाम्रो अभियानले समुदायलाई एकजुट गर्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। हामी भविष्यमा नेपाली समुदायको राजनीतिक योगदानलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध छौं।”

CVA को चुनावी सहभागिता र पार्टीले देखाएको दृढ आत्मविश्वासले नेपाली समुदायलाई अष्ट्रेलियाली राजनीतिमा सशक्त उपस्थितिको संकेत दिएको छ। गुरुङले पार्टीको आगामी रणनीतिहरूलाई थप स्पष्ट पार्दै, “हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरूले भविष्यका लागि हाम्रो मार्गदर्शन गर्नेछन्,” भन्दै पार्टीको आगामी चुनावमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

CVA को यो अभियानले विशेषगरी युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्न र नेपाली समुदायलाई एकताबद्ध गर्दै अष्ट्रेलियाको राजनीतिक परिदृश्यमा नयाँ पहिचान दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। गुरुङका अनुसार, पार्टीले प्राप्त गरेको समर्थन र विश्वासको आधारमा आगामी दिनमा CVA अझ सशक्त र सुसंगठित रूपले अघि बढ्नेछ, र अष्ट्रेलियामा नेपाली समुदायको राजनीतिक सहभागिता बलियो हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु