Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सांसद राणाद्वारा ललितपुर बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट राहत सामाग्री पठाइयो

Zenith Migration Education

ललितपुर- केही दिनदेखि जारी निरन्तर बर्षाका कारण देश व्यापी बाढी र पहिरोले धेरै नागरिकको जनजीवन प्रभावित भएको छ। यस कठिन परिस्थितिमा संघिय सांसद उदय शमशेर जबरा राणाको पहलमा दक्षिण ललितपुरको महांकाल र बागमतीका बाढीपीडित प्रभावितका लागि हेलिकप्टरबाट राहत सामाग्री पठाएको हो ।

राहत सामग्रीमा खाद्यन्न, कम्बल, त्रिपाल, र अन्य अत्यावश्यक सामग्रीहरू समावेश गरिएको छ। बाढी र पहिरोबाट प्रभावितहरुको घाउमा मलहम् लगाउने उदेश्यले केही अत्यावश्यक राहत सामाग्री हेलिकप्टरबाट पठाउन लागिएको सँगै केही घाइतेहरुलाई पनि उद्धार गरिने बताउनुभयो । सांसद राणाले यस्तो चुनौतीपूर्ण समयमा बाढी प्रभावित परिवारहरूसँग ऐक्यबद्धता व्यक्त गर्दै राज्यको तर्फबाट थप सहयोगको प्रतिबद्धता जनाएका छन्।

राहत वितरणसँगै, उद्धार तथा पुनर्स्थापना कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बलको टोली र विभिन्न गैरसरकारी संस्थाहरूको सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने कुरामा जोड दिनुका साथै, सरकारले आगामी दिनमा यस्ता प्राकृतिक विपद्‌को प्रभाव न्यून गर्न पूर्वतयारी गर्नुपर्छ।

यो राहत प्रयासले बाढी र पहिरो पीडितहरूको पुनःस्थापनामा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु