Thursday, July 23, 2026
Zenith Migration Education
Thursday, July 23, 2026

यूरोपस्थित नेपालीभाषी चर्चहरुको (इएनएससिएन) चार दिने सम्मेलन सफलतापूर्वक सम्पन्न

Zenith Migration Education

यूरोपमा रहेका नेपालीभाषी चर्चहरुको छाता संगठन, यूरोपियन नेपाली स्पिकिङ क्रिस्चियन नेटवर्क (इएनएससिएन) को चार दिने सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।

श्रोतका अनुसार, यो सम्मेलन १९ जुलाईमा नर्वेमा सुरु भई २२ जुलाईमा समापन भएको थियो। प्रमुख वक्ताहरुमा पास्टर रन वस्नेत, पास्टर अब्राहाम श्रेष्ठ, पास्टर माइकल मगर, पास्टर नर्बु तामाङ, रेभ दावा भुटिया, र पास्टर भद्र राई हुुनुहुन्थ्यो ।

सम्मेलनमा आयोजक राष्ट्र नर्वेसहित विभिन्न देशका पास्टर तथा अगुवाहरुको उपस्थिति थियो। सहभागी राष्ट्रहरुमा नर्वे, डेनमार्क, नेदरल्याण्ड, यूके, स्पेन, पोर्चुगल, वेल्जियम, इटली, नेपाल, माल्टा, अमेरिका र भारत रहेका थिए।

सम्मेलनको अन्तिम दिनमा इएनएससिएनको नयाँ कार्य समिति चयन भएको छ। यस अवसरमा, यूरोपका विभिन्न देशमा रहेका नेपालीभाषी चर्चहरुको योगदान उल्लेखनीय रहेको छ।

नयाँ कार्य समितिको अध्यक्षमा पास्टर दिनेश राउत चयन भएका छन्। तेसैगरी, उपाध्यक्षमा एल्डर एजकिएल वस्नेत, कोषाध्यक्षमा ममता सुब्बा चयन भएका छन् भने सदस्यहरुमा शिशिर तामाङ, सुन्दर तामाङ र शिलास घले चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु