Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

महिला एसिया कप क्रिकेट: आज नेपाल र भारतको रोमाञ्चक भिडन्त

Zenith Migration Education

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा भारतको सामना गर्दैछ। यो खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।

सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ। समूह ‘ए’ मा नेपाल र पाकिस्तान दुबैका २–२ अङ्क छन्।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। भारतले २ खेल जितिसकेको छ भने यूएईले २ खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु