Thursday, July 23, 2026
Zenith Migration Education
Thursday, July 23, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, अब प्रति लिटरको नयाँ मूल्य कति?

Zenith Migration Education

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ३ रुपैयाँले बढाउने निर्णय गरेको हो। निगमका प्रवक्ता मनोज ठाकुरले यसबारे जानकारी दिएका छन्।

नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ। मूल्यवृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १६० रुपैयाँ पर्नेछ। निगमले मूल्यवृद्धिको कारण भारतबाट आएको नयाँ मूल्य सूचीमा भएको वृद्धि रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु