Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

गणतन्त्र दिवस विशेष: रासस तस्बिर प्रदर्शनी आजदेखि

Zenith Migration Education

काठमाडौँ: गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा आजदेखि तस्बिर प्रदर्शनी हुँदैछ ।

मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरू प्रदर्शनीमा समावेश छन् । विसं २०७२ को गोरखा भूकम्पबाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।

देशमा गणतान्त्रिक शासन व्यवस्था स्थापना भएसँगै विकास– निर्माणका गतिविधि उत्साहजनक रूपमा भएका छन् । समृद्ध नेपाल निर्माण गर्नका लागि नवीन प्रविधिको प्रयोगमा बढोत्तरी भएको छ । समयानुसार नागरिकका आशा र आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले कसरी काम गरिरहेको छ भनेर जानकारी दिन तथा राज्यप्रति आशा र भरोसा जगाउन फोटो प्रदर्शनी फलदायी हुने कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।

प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० वटा तस्बिर समावेश छन् । रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीको आज अपराह्न ३ बजे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रम छ । गणतन्त्र दिवसका अवसरमा राससले गत वर्ष पनि ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु