Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

कैलाश सिरोरियाको पक्राउः दुई धारमा विचार विभाजित

Zenith Migration Education

जेष्ठ ८ गते मंगलबार आफ्नै कार्यकक्ष कान्तिपुर मिडिया हाउसबाट कान्तिपुर मिडिया हाउसका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि संचार क्षेत्र मात्र नभई राजनीतिक क्षेत्रसमेत तरंगित भएको छ ।

सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेलगत्तै मंगलबार साँझ नै उनलाई सडकमार्ग हुँदै धनुषा जनकपुर लगिएको र बुधबार अदालतमा उपस्थित गराइएकोमा तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

कान्तिपुर मिडिया हाउस परिसरमा पक्राउपुर्जी लिएर सिरोहियालाई हिरासतमा लिन पुगेका प्रहरीलाई सिरोहियाले आपूmलाई गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीका घटनाहरु क्रमश मिडियामा ल्याएको रिसइबी साँध्न पक्राउ गरेको आरोप लगाउँदै आपूm विरुद्ध नागरिकतासम्बन्धी जाहेरी परेकामा कानुनलाई सघाउन तयार रहेको बताउँदा बताउँदै पनि राज्यले यसरी धरपकड गरेकामा यस घटनालाई उनले समग्र पत्रकारिता र मिडियामाथिको प्रहार र लोकतन्त्रको उपहास बताए ।

आज बुधबार राजधानीबाट प्रकाशन हुने सम्पूर्ण प्रायः राष्ट्रिय दैनिकहरुले सिरोहियाको पक्राउको विरोध गर्दै कान्तिपुर मिडिया हाउसको समर्थनमा राज्य, विशेष गरी गृह मन्त्री रवि लामिछानेको विरोधमा हेडलाइन समाचार प्रकाशित गरेका छन् ।

नेपालका वरिष्ठ पत्रकार कहलिएकाहरुले समेत सिरोहियाको समर्थनमा सामाजिक संजाललगायत विभिन्न संचारमाध्यममा मन्तव्य दिइरहेका छन् । यसै सन्दर्भमा जनता जान्न चाहन्छन् कार्यक्रमका संचालक ऋषि धमला सिरोहियाको समर्थनमा खरो रुपमा उत्रिएका छन् । उनले भने, “कैलाश सिरोहियालाई पक्राउ गर्नु भनेको मिडियामाथिको ठाडो हस्तक्षेप हो ।”
त्यस्तै सिधा कुरा जनतासँगका प्रस्तोता युवराज कँडेलले सामाजिक संजालमा पोस्ट गर्दै भनेका छन्, “तीन ओटा नागरिकता, अंगीकृतका छोरासँग वंशजको नागरिकता, त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन? कि कान्तिपुरका साहुले जे अपराध गर्न पनि छुट हुने हो ? कि उनीमाथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने अचम्म छ ।”

कैलाश सिरोहियाको पक्राउमा नेपाली काँग्रेसका नेताहरु सिरोहियाको पक्षमा खडा भई राज्य विरुद्ध उभिएका छन् यसबाट विशेष गरी कान्तिपुर मिडियाको राजनीतिक पहुँचो सहजै अनुमान गर्न सकिन्छ ।

स्मरण रहोस्, कैलाश सिरोहिया मिडियासम्बन्धित कसुरमा नभई किर्ते नागरिकतासम्बन्धमा धनुषा जिल्ला अदालतमा परेको जाहेरीको आधारमा जिल्ला अदालत धनुषाले अनुसन्धान गर्न पक्राउ आदेश दिएको आधारमा पक्राउ परेका हुन् न कि गृह मन्त्रीको आदेशमा पक्राउ परेका हुन् ।

राम कुमार घले

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery