Wednesday, August 19, 2026
Zenith Migration Education
Wednesday, August 19, 2026

बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

Zenith Migration Education

काठमाडौँ: नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गर्नुभएको छ । सोमबार बेलायती सहर लन्डनको नम्बर १० डाउनिङ स्ट्रिटमा सो समारोहको आयोजना गर्नुभएको नेपालस्थित बेलायती दूतावासले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यस अवसरमा नेपाल र बेलायतका बीचमा सय वर्षअघि सन् १९२३ मा सिंहदरबारमा हस्ताक्षर गरिएको मैत्री सन्धिको प्रति पनि प्रदर्शनीमा राखिएको थियो । सो समारोहमा बेलायतका सांसद तथा उच्च अधिकारीहरु, नेपालका लागि बेलायती राजदूत ज्ञानचन्द्र आचार्य तथा लन्डनमा रहेका नेपाली समुदायका नागरिकहरु, ब्रिटिस गोरखामा रही सेवा गरेका नेपाली नागरिक एवं हिमाल आरोहीलगायतको उपस्थिति रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले बेलायत नेपाल सम्बन्धका विविध आयामहरुका बारेमा चर्चा गर्नुभयो । उहाँले बेलायतका लागि नेपाली ब्रिटिस गोरखाहरुले अतुलनीय योगदान पु¥याएको स्मरण गर्दै नेपालको यो योगदानले नै दुई देशबीचको सम्बन्ध सदाका लागि सुमधुर तथा अविस्मरणीय रहिरहने बताउनुभयो ।

सो अवसरमा उहाँले बेलायत र नेपालले शान्ति, पारस्परिक सम्मान र मित्रतालाई सदैव कायम राख्ने प्रतिज्ञा गर्दै सय वर्षअघि गरेको सो सन्धिको हस्ताक्षर दुई देशबीचको एक ऐतिहासिक धरोहर भएको र यसले दुई देशको सम्बन्धलाई सधैँका लागि जीवन्त राख्ने पनि बताउनुभयो । सो समारोहमा इन्डो प्यासिफिकसम्बन्धी बेलायती स्टेट मिनिस्टर अन्ना म्यारी र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि नेपाल बेलायत सम्बन्धका विविध क्षेत्रमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु