काठमाडौं । अमेरिकाको केन्टकीका एक पुरुषले श्रीमती र छोराछोरीको भरणपोषण गर्ने जिम्मेवारीबाट पन्छिन आफ्नै मृत्यु भएको प्रमाणित गरेको खुलासा भएको छ।
उनले आफ्नी पूर्व पत्नीको छोरालाई बाल हेरचाहमा १ लाख डलर भन्दा बढी तिर्नबाट जोगिन आफ्नो मृत्युको नक्कली प्रमाण तयार पारेका हुन् ।
३९ वर्षीय जेसी किफले गत जनवरीमा राज्यका डाक्टरबाट लगइन विवरणहरू चोरेर हवाईमा आफ्नो फर्जी मृत्यु दर्ता प्रक्रिया पूरा गरे । अन्वेषकहरूका अनुसार उनले प्रणालीमा आफ्नै लागि फाइल बनाएर बुझाए।
पक्राउ परेपछि किफले आफ्नी पूर्व पत्नीलाई बाल सहयोग भुक्तान गर्नबाट बच्न यो गरेको खुलासा गरे । ‘उनले हवाई राज्य मृत्यु प्रमाणपत्र कार्यपत्र पूरा गरे, र त्यसपछि जनवरी २१, २०२३ मा आफूलाई केसको लागि मेडिकल सर्टिफायरको रूपमा नियुक्त गरे र त्यो केस प्रमाणित गरे,’ अदालतको कागजातमा भनिएको छ। किफले मार्च २९ मा मुद्दामा दोष स्वीकार गरे।