Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

बेइजिङ पुगेर इलन मस्कले चीनसँग किन यो महत्त्वपूर्ण डाटा मागिरहेका छन् ?

Zenith Migration Education

काठमाडौं । अर्बपति व्यापारी इलन मस्क चीन भ्रमणमा छन्। उनी अहिले राजधानी बेइजिङमा छन् । रिपोर्टहरूका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयोगको लागि उपलब्ध गराउन मनाउन प्रयास गर्नेछन्।

मस्कको इलेक्ट्रिक कार निर्माता टेस्लाले चीनमा स्थानीय रूपमा ड्राइभिङ डाटा सङ्कलन गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्ला यो डाटा विश्वव्यापी रूपमा उपलब्ध गराउन चाहन्छ र यसलाई आफ्नो स्वायत्त कारहरूको एल्गोरिदम तालिम दिन प्रयोग गर्न सक्छ।

विश्लेषकहरूका अनुसार चीनमा ड्राइभिङको जटिल अवस्थाले स्वायत्त सवारी साधनहरूको एल्गोरिदमलाई प्रशिक्षण दिन महत्त्वपूर्ण साबित हुन सक्छ।

तर एलन मस्कले चीनबाट यस्तो डाटा त्यो समयमा मागेका छन् जब अमेरिकाको सरकारले टिकटकको मूल कम्पनी बाइटडान्सलाई टिकटक बेच्न दबाब दिइरहेको छ।

अमेरिकी सरकारले टिकटक मार्फत अमेरिकी जनताको व्यक्तिगत जानकारी चीनले प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेको छ ।

विश्वको सबैभन्दा ठूलो कार उत्पादन गर्ने कम्पनी टेस्लाले अहिले प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

रिपोर्टका अनुसार टेस्लाले आफ्ना कुल कर्मचारीलाई १० प्रतिशतले घटाउने भएको छ । यसको एउटा कारण सवारी साधनको बिक्री कम हुनु पनि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु