Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण: केआईआईटीले तीन जना कर्मचारी निलम्बन गर्दै माग्यो माफी

Zenith Migration Education

भारतको उडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी मागेको छ । विश्वविद्यालयमा आइतबार भएको घटनाप्रति दु:ख व्यक्त गर्दै दोस्रोपटक माफी मागिएको हो । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो ।

मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षामा पुन: प्रतिबद्धता जनाएको छ ।

आइतबार विश्वविद्यालय परिसरमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएका थिइन् । यो घटनापछि नेपाली विद्यार्थीले विश्वविद्यालयमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि उनीहरूलाई दुर्व्यवहार गर्दै कलेजबाट निकालिएको थियो ।

तर, घटनाको चौतर्फी विरोध भएपछि र नेपालका तर्फबाट कूटनीतिक पहल थालिएपछि विश्वविद्यालयले नेपाली विद्यार्थीको सुरक्षाको प्रतिबद्धता जनाउँदै कलेज फर्किन अपिल गरेको थियो ।

घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई जना सुरक्षा कर्मचारीहरूलाई तुरुन्तै सेवाबाट हटाइएको जनाएको छ । साथै, दुई जना वरिष्ठ छात्रावास अधिकृत र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले माफी पत्र जारी गर्दै दुई जना अधिकृतले गरेको व्यवहार र टिप्पणी निकै गैरजिम्मेवारपूर्ण रहेको जनाएको छ । नेपाली विद्यार्थीहरूलाई फर्कन सहज बनाउनका लागि केआईआईटी क्याम्पस २४सै घण्टा सञ्चालन हुने ‘नियन्त्रण कक्ष’ स्थापना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic