Friday, November 14, 2025
Zenith Migration Education
Friday, November 14, 2025

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

Zenith Migration Education

भारतमा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूमाथि कलेज प्रशासनले दमन गरेको छ ।

भारतको (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालेको हो ।

घटनाबारे छानबिन गर्न माग गर्दै त्यहाँका अरु नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । प्रशासनले त्यसलाई दबाउन उनीहरूलाई कलेजबाट नै निकालेको हो ।
मृत भेटिएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु