Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

झलनाथ खनाल : ०८४ मा कांग्रेसको बहुमत, एमाले संकटमा

Zenith Migration Education

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी काँग्रेसले तयारी गरिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले उहाँले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए । खनालले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको भन्दै यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री खनालले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको भन्दै  सबै वामपन्थी एक हुनुपर्नेमा जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए । खनालले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको र नेकपा (एकीकृत समाजवादी) ले पनि सहीबाटो बिराएको बताए । कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic