Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

Zenith Migration Education

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । प्रहरीमाथि कुटपिट गर्ने जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए ।

गत माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती घाइते भएका हुन् ।

यसअघि आक्रमणमा संलग्न रहेको भन्दै रमेश फुलारा र दिनेश सिग्देल पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic